Logo

May 15, 2026

May 15, 2026 | २०८३-०२-०१

दमक तेक्वान्दो डोजाङ झापा जिल्लामै उत्कृष्ट, पदक विजेता खेलाडी सम्मानित

दमक तेक्वान्दो डोजाङ झापा जिल्लामै उत्कृष्ट, पदक विजेता खेलाडी सम्मानित

सर्वोदय शिक्षा खबर
पुस १४, २०८२

दमक । दमक तेक्वान्दो डोजाङले झापाको गौरीगञ्जमा सम्पन्न प्रथम गौरीगञ्ज खुल्ला जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता–२०८२ मा उत्कृष्ट प्रदर्शन गर्दै जिल्ला प्रथम स्थान हासिल गरेको छ ।

प्रतियोगितामा डोजाङका २८ खेलाडी सहभागी भई ७ स्वर्ण, ४ रजत र ८ काँस्य गरी कुल १९ पदक जित्न सफल भएका हुन् । उक्त सफलतापछि डोजाङले सोमबार दमक–५ स्थित सर्वोदय अंग्रेजी बोर्डिङ स्कूलमा पदक विजेता खेलाडीहरूलाई सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा लगायतले खेलाडीहरूलाई प्रमाणपत्र तथा ट्रफी प्रदान गर्दै बधाई दिएका थिए ।

झापाका १६ डोजाङका २३० खेलाडी सहभागी प्रतियोगितामा जिल्ला प्रथम बनेसँगै दमक तेक्वान्दो डोजाङले नगद १५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ । एक वर्षअघि स्थापना भएको डोजाङले छोटो समयमै जिल्लास्तरीय प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेको अध्यक्ष जितु धिमालले बताए ।

प्रतिक्रिया दिनुहोस