Logo

May 15, 2026

May 15, 2026 | २०८३-०२-०१

सर्वोदय इङलिस बोर्डिङ स्कुलद्वारा कक्षा १२ का विद्यार्थीलाई रचनात्मक बिदाई

सर्वोदय इङलिस बोर्डिङ स्कुलद्वारा कक्षा १२ का विद्यार्थीलाई रचनात्मक बिदाई

सर्वोदय शिक्षा खबर
बैशाख ०२, २०८३
दमक ५ मा अवस्थित सर्वोदय इङलिस बोर्डिङ स्कुलले आफ्ना कक्षा १२ का विद्यार्थीहरूका लागि दुई दिने बिदाई तथा पुनर्ताजगी भ्रमण आयोजना गरी रचनात्मक ढंगले बिदाई गरेको छ। इलामको प्रसिद्ध पर्यटकीय स्थल श्री अन्तु र कन्यामको दुई दिने भ्रमणका क्रममा विद्यार्थीहरूले प्राकृतिक सौन्दर्यको अवलोकन गर्नुका साथै सामूहिक रूपमा रमाइलो गरेका थिए। श्री अन्तुमा सूर्योदयको दृश्यावलोकन गरेपछि कन्यामको रमणीय चिया बगानमा पुगेर विशेष बिदाई कार्यक्रम सम्पन्न गरिएको थियो। उक्त कार्यक्रममा विद्यालयका सह प्राधानाध्यापक विष्णु पराजुली, लेखा शाखा प्रमुख सुजन कार्की तथा अन्य शिक्षकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै शिक्षकहरूले विद्यार्थीहरूलाई आगामी उच्च शिक्षा र उज्ज्वल भविष्यका लागि शुभकामना प्रदान गर्नुभयो। विद्यालयको चार पर्खालभित्र मात्र सीमित नरही प्रकृतिसँग घुलमिल गराउँदै विद्यार्थीहरूलाई बिदाई गर्दा उनीहरूमा नयाँ उत्साह र ऊर्जा थपिने विश्वास विद्यालयले लिएको छ। विद्यार्थीहरूले पनि भ्रमणका माध्यमबाट आपसी सम्बन्ध प्रगाढ बनेको र यो बिदाई सधैं यादगार रहने बताएका छन्।
प्रतिक्रिया दिनुहोस