दमक/ सर्वोदय इङ्ग्लिस बोर्डिङ स्कुलका कक्षा ७ का विद्यार्थी तथा बाल कलाकार शुभम अधिकारी अभिनित नेपाली चलचित्र ‘सोल्टिनी’ बिहीबारदेखि देशभर प्रदर्शनमा आउँदैछ।
अर्जुन सुवेदीको निर्देशनमा बनेको यस फिल्ममा प्रकाश सपूत र परीक्षा लिम्बु मुख्य भूमिकामा छन्। ‘सोल्टिनी’ ले अन्तरजातीय प्रेमकथामा आधारित सामाजिक विभेद र पारिवारिक जटिलताबीचको संवेदनशील सम्बन्धलाई चित्रण गरेको छ।
फिल्ममा शुभम अधिकारीसहित प्रकाश सपूत, परीक्षा लिम्बु, सुन्दर धिताल, सबु गुरुङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेको अभिनय रहेको छ।
निर्देशक सुवेदीका अनुसार ‘सोल्टिनी’ ले समाजमा विद्यमान जातीय विभेद र प्रेममा देखिने सामाजिक अड्चनविरुद्ध सशक्त सन्देश दिन खोजेको छ। शुभम अधिकारीले यसअघि पनि विभिन्न चलचित्र र नाटकमा अभिनय गरिसकेका छन्।